शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हाइवे बचत तथा ऋण सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न

हाइवे बचत तथा ऋण सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

८, आश्विन २०७९
  • 6.7K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न

    धादिङको गल्छी ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका कोषाध्यक्ष राम बहादुर अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

    images
    images

    IMG_6067.JPG
    वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी २ करोड ७७ लाख २५ हजार ३ सय रहेको छ । निक्षेप रकम १७ करोड १० लाख ४ हजार ८ सय ४९ रुपैयाँ , ऋण लगानी १९ करोड ६१ लाख ४७ हजार ६ सय ८४ रुपैयाँ, खुद बचत १ करोड ३५ हजार ७ सय ८५ रुपैयाँ, जगेडा कोष २ करोड ७६ लाख ८२ हजार, अन्य कोषहरुमा १ करोड ८१ लाख ७७ हजार १ सय २ रुपैयाँ रहेको सहकारीको जम्मा कारोवार रकम २४ करोड ७६ लाख ६७ हजार ७८ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष राम बहादुर अधिकारीले बताए ।

    IMG_6068.JPG

    संस्थामा अहिले ४१४५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कता, उत्कृष्ट कारोवार गर्ने बचत कता र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष उमा नेपालले बताउनु भयो ।

    highway.JPG

    कार्यक्रमा गल्छी गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडा, जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, गल्छी र थाक्रेका वडा अध्यक्षहरु विभिन्न सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - १८:३४:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology