नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय ७८ जनामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, सोही समयमा थप ७० जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १ हजार ७७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
