शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यमपञ्चक अर्थात तिहार सुरु, आज धनतेरस र यमदीप दान

यमपञ्चक अर्थात तिहार सुरु, आज धनतेरस र यमदीप दान

नागरिक पाटी

५, कार्तिक २०७९
  • 5.3K
    SHARES
  • यमपञ्चक अर्थात तिहार सुरु, आज धनतेरस र यमदीप दान

    यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    images
    images

    यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । समितिका अनुसार भोलि बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

    यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि आइतबार परेको छ । तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । पर्सि ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

    गाईपूजा ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत ११४३ पनि बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।

    यस वर्षको भाइटीका १० गते बिहीबार परेको छ । १० गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०७:३९:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology