मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरुले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बिहीबार (कात्तिक १७ गते)देखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ।
खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरुको चुनावी दौडाहा पनि सुरु भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा केन्द्रित हुनेछन्।
गृहजिल्ला डडेलधुरामा हुने चुनावी सभा र कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा गृहप्रदेश सुदूरपश्चिम पुगिसकेका छन्।