शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देश विकासका लागि स्थिर सरकार आवश्यक रहेको अध्यक्ष ओलीको भनाई

देश विकासका लागि स्थिर सरकार आवश्यक रहेको अध्यक्ष ओलीको भनाई

नागरिक पाटी

२८, कार्तिक २०७९
  • 4.4K
    SHARES
  • देश विकासका लागि स्थिर सरकार आवश्यक रहेको अध्यक्ष ओलीको भनाई

    चितवन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थिर सरकार आवश्यक भएको बताउनुभएको छ । चुनावी सभालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

    images
    images

    1668418573483.jpg

    एमालेले आउँदो निर्वाचनपछि बहुमत सिट प्राप्त गरेर स्थिर सरकार निर्माण गर्ने उहाँको भनाइ छ । लोकतन्त्रको मार्गतर्फ जाने पार्टीलाई मतदान गरेर देश निर्माणको जिम्मा दिन उहाँले मतदातासँग अनुरोध गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ, जनताले मतदान गर्दा कुनै डर धम्कीको अवस्था हुनु हुँदैन ।

    अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन दलले देशको विकासभन्दा आफ्नो र आफन्तको मात्र विकासमा ध्यान दिएकाले देशको विकास गर्ने पार्टीलाई मतदान गर्नुपर्छ ।’ देश आर्थिक सङ्कटको अवस्थामा पुग्दा समेत सरकारले निकास दिन नसकेको उहाँको टिप्पणी छ । गोरखापत्र अनलाइन

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १८:१६:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology