शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीका विभिन्न वडाहरुमा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

गल्छीका विभिन्न वडाहरुमा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

नागरिक पाटी

२८, कार्तिक २०७९
  • 4.1K
    SHARES
  • गल्छीका विभिन्न वडाहरुमा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत

    धादिङ क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवारहरुलाई गल्छी गाउँपालिका मतदाताहरुले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलोको क्रममा सोमबार गल्छी गाउँपालिका वडा नम्बर दुई तीन र चारका मतदाताहरुले घरघरमा फुलमालाले स्वागत गरेका छन् ।

    images
    images

    315640562_528286989310078_8858034947792529767_n.jpg

    धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता एवं् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रदेशसभा ‘१’का गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई मतदाताले गाउँवस्तीका समस्या पहिचान पनि गराएका छन् । बेलिनटार, आमडाँडा, पोखरीगाउँमा लगायतका गाउँमा कोणसभा गर्दै उम्मेदवारहरुले पनि मतदाताले पहिचान गराएको समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    मतदाताको घरदैलोमै पुगेर कोणसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री एवं् धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार पाण्डेले सडक, पुल, खानेपानी लगायतका आधारभुत आवश्यकताभित्र पर्ने आवश्यकता पुरा गर्न आफु प्रतिवद्ध रहेको बताए ।


    त्यस्तै कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा ‘१’ का उम्मेदवार मधुकरमार श्रेष्ठले मतदाताको समस्या समाधान गर्ने र आवश्यकता परिपूर्ति गर्ने काममा आफु सधैं तत्पर रहेको स्पष्ट पारे ।

    त्यस्तै प्रदेशसभा ‘२’मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका नेता शालिकराम जम्कट्टेलले सिद्दलेक गाउँपालिकाका वडाहरुमा घरदैलो गरेका छन् । मतदातालाई आफ्नो चुनाव चिन्हमा मतदान गर्न सिकाउँदै जमकट्टेल सिद्धलेक गाउँपालिका स्थित कुम्पुरका विभिन्न टोलहरुमा पुगेका छन् ।

    315637929_528204765984967_7115749336241300245_n.jpg

    धादिङ २ प्रदेश २ को चुनावी व्यटलमा बलिया उम्मेदवारको रुपमा रहेका जमकट्टेल सँग एमालेका गजेन्द्र थपलियाले प्रतिस्पर्धा गर्ने छन् । बागमती प्रदेशको मुख्य मन्त्रीका रुपमा हेरिएका जमकट्टेल यतिबेला जनताको घरदैलोमा छन् ।

    स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा करिब ११ हजार मतले सत्ता गठबन्धनका उम्मेदवार पाण्डे नेकपा एमालेका उम्मेदवार भुमी त्रिपाठी भन्दा अगाडि छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १८:४४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology