शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कृष्णगोपाल अङ्कलको यात्रा रोकिन्छ, परिवर्तनको पाइला चल्छ : मिलन पाण्डे

कृष्णगोपाल अङ्कलको यात्रा रोकिन्छ, परिवर्तनको पाइला चल्छ : मिलन पाण्डे

नागरिक पाटी

३०, कार्तिक २०७९
  • 3.9K
    SHARES
  • कृष्णगोपाल अङ्कलको यात्रा रोकिन्छ, परिवर्तनको पाइला चल्छ : मिलन पाण्डे

    काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधि सभा उम्मेदवार मिलन पाण्डेले यो चुनावमा ३१ वर्ष देखि उम्मेदवार बनेका प्रतिद्वन्द्वी कृष्णगोपाल श्रेष्ठको संसद् यात्रा रोकिने बताएका छन्। विभिन्न कलाकार र स्थानीयहरूसँग बुधवार बिहान कलङ्की देखी स्युचाटारसम्म ‘पाइला यात्रा’ गरेका पाण्डेले यस पटक काठमाडौं ९ बाट नागरिकहरूले यसपालि नयाँ सन्देश दिन पनि आफूलाई विजयी गराउन आग्रह गरे।

    images
    images

    ‘कृष्णगोपाल अङ्कल पहिलो चोटि चुनाव लड्दा म २ वर्षको बच्चा थिए। अहिले म आफै ३३ वर्षको भइसके, मेरै दुइटा बच्चा छन् तर अहिले ३१ वर्ष पछि पनि हाम्रो उम्मेदवार उहाँ नै हुनुहुन्छ।’ उम्मेदवार पाण्डेले भने। पछिल्लो स्थानीय चुनावमा धरान र काठमाडौँमा नयाँ र युवाले जितेर परिवर्तनको सङ्केत गरे पनि क्षेत्र नं ९ मा सधैँ पुरानैलाई छान्ने र पछि पछुताउने क्रम यसपालि भङ्ग गर्नुपर्ने उनको तर्क थियो।

    कलङ्की मन्दिरबाट सुरु भएको यात्रा स्युचाटारकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा कलाकार तथा चलचित्र निर्माता रबिन्द्र सिंह बाँनीया र उम्मेदवार पाण्डेले सम्बोधन गरेका थिए। कलाकार बाँनीयाले आफू कलाकर्ममा भए पनि राजनीतिबाट निराश भएर अहिले मिलन पाण्डे जस्तै युवाहरूलाई संसद्मा पुर्‍याउने अभियानमा लागेको बताए।

    पाण्डेलाई यसपालि यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धीको रूपमा हेरिएको छ। पाइला चुनाव चिन्ह लिएर काठमाडौँ ९ मा उठेका पाण्डे प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनबाट माओवादीकी कल्पना धमला उम्मेदवार छिन्। अघिल्लो संसदीय चुनावमा मिलन पाण्डे यस क्षेत्रमा लगभग ५००० भोट ल्याएर तेस्रो भएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १७:५८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology