शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

नागरिक पाटी

१, मंसिर २०७९
  • 2.5K
    SHARES
  • चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

    आज (बिहिबार) राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ ।

    images
    images

    अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् । बिहिबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेको छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

    बिहिबार राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिनुभयो । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनको प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । 

    यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइएमा ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०८:५६:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology