शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा २५ सय प्रहरी परिचालन हुने

धादिङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा २५ सय प्रहरी परिचालन हुने

नागरिक पाटी

१, मंसिर २०७९
  • 3.9K
    SHARES
  • धादिङमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा २५ सय प्रहरी परिचालन हुने

    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि जिल्लामा २५ सय प्रहरी परिचालन हुने भएका छन्। निर्वाचनको सुरक्षाको लागि जिल्लको १ सय १४ वटै मतदान केन्द्रमा प्रहरी आज सम्म पुगिसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो।

    images
    images

    प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा धादिङमा १६ सय ८८ जना म्यादी प्रहरी सहित २५ सय सुरक्षाकर्मी परिचालन भएका छन् । धादिङमा २ वटा क्षेत्र र ४ वटा प्रदेश छ । १ सय १४ वटा मतदान स्थल रहेकाछन् । जिल्ला प्रहरी कार्यालय धादिङले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

    भयरहित वातावरणमा निर्वाचन गराउन सक्षम रहेकोे भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय धादिङले सबैलाई आग्रह गरेको छ । मतदान स्थलमा खटिने सुरक्षाकर्मी र कर्मचारीहरु मंगलबारबाट मतदान स्थलमा जान शुरु गरेका छन् । आजसबै मतदान स्थलहरुमा सुरक्षाकर्मी र कर्मचारीहरु पुगी सक्ने प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

    जिल्लाको उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाका १३ वटा मतदान स्थलमध्ये २ वटा मतदान स्थलमा मात्रै सवारी साधन पुग्ने गर्छ । बाँकी ११ वटा मतदान स्थलमा निर्वाचन सामाग्री मानिसले बोकेर नै लैजानुपर्ने प्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १९:०९:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology