शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आम निर्वाचन : सामाजिक सञ्जालमा लाइक तथा कमेन्ट गरे २५ हजार जरिबाना

आम निर्वाचन : सामाजिक सञ्जालमा लाइक तथा कमेन्ट गरे २५ हजार जरिबाना

नागरिक पाटी

२, मंसिर २०७९
  • 3.8K
    SHARES
  • आम निर्वाचन : सामाजिक सञ्जालमा लाइक तथा कमेन्ट गरे २५ हजार जरिबाना

    निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ। नहटाए २५ हजार जरिबाना गर्ने बताएको छ ।

    images
    images

    आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै हटाएका छैनन् । कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो ।

    आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता सामग्री हटाउन पनि भनेको छ । चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्तालाई आग्रह गरेको हो ।आयोगले कसैको दबाबमा नपरिकन ढुक्क भएर मत दिन पनि आग्रह गर्दै आएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - ०९:१५:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology