धादिङको क्षेत्र नम्बर १ (१) मा २५०० मतगणना हुँदा गठबन्धनको तर्फबाट काँग्रेसका मदुकुमार श्रेष्ठको अग्रता कायम छ । उनले १२४१ मत ल्याएका छन् भने एमालेका रमेशकुमार आचार्यले ७०३ मत ल्याएका छन् । धादिङको बैरेनीमा जारी मतगणनामा राप्रपाका गिता प्रसाद आचार्यले २४० मत र स्वतन्त्रका नेत्रराज पौडेलले १२३ मत ल्याएका छन् ।