धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धुनिवेशी, थाक्रे र गल्छिको मतगणना सकिएको छ । बैरेनी स्थित महेशदोभानमा जारी मतगणनामा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले १ हजार ९ सय ६२ मतले अघि छन् ।
उनले १७ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने एमालेका भुमि त्रिपाठीले १६ हजार ८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ८ हजार ७३ मत प्राप्त गरेका छन् ।