धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धुनिवेशी, थाक्रे, गल्छि र गजुरीकोे मतगणना सकिएको छ । बैरेनी स्थित महेशदोभानमा जारी मतगणनामा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे ३ हजार ९ सय ५० मतले अघि छन् । उनले २३ हजार ७२ मत प्राप्त गरेका छन् भने एमालेका भुमि त्रिपाठीले १९ हजार १ सय २२ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ९ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् ।