काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट भारी मतान्तरले विजयी भएका छन् । बिहीबार बिहान सकिएको मतगणनामा उनी प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।
लामिछानेले ४९ हजार २६१ र श्रेष्ठले १५ हजार ९९ मत पाए । एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मै सीमित भए । पोखरेल सोही क्षेत्रका निवर्तमान सांसद हुन् । चितवन २ मा ८४ हजार ३१५ मत खसेको थियो । सुरुवाती दिनमा तेस्रो स्थानमा रहेका लामिछाने पछि तीव्र मतान्तर हासिल गर्दै विजयी भएका हुन् ।