नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले एमालेका उम्मेदवार बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले पराजित गरेका हुन् ।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार गठबन्धनतर्फका माओवादी केन्द्रका तामाङले २६ हजार ५ सय ४८ मत प्राप्त गरे भने एमालेका मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरे ।