शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समानुपातिकतर्फ ९६ लाख मत गन्दा कुन पार्टीलाई कति ?

समानुपातिकतर्फ ९६ लाख मत गन्दा कुन पार्टीलाई कति ?

नागरिक पाटी

१३, मंसिर २०७९
  • 4.3K
    SHARES
  • समानुपातिकतर्फ ९६ लाख मत गन्दा कुन पार्टीलाई कति ?

    प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल ९६ लाख ७० हजार ८८३ मतगणना भएको छ। मंगलबार बिहान ११.२० बजेसम्मको गणना अनुसार नेकपा ९एमाले०ले २६ लाख ७ हजार ४७२ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २४ लाख ७० हजार २३४ मत प्राप्त गरेको छ।

    images
    images

    नेकपा (माओवादी केन्द्र) ले ११ लाख ९ हजार ७७९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ७५७, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७७३ मत प्राप्त गरेको छ।

    आयोगका अनुसार जनमत पार्टीले तीन लाख १६ हजार ६५३ र नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ६८ हजार ४७९ मत प्राप्त गरेको छ।नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार ५६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार ६९८, नेपाल मजदूर किसान पार्टीले ७३ हजार २४३, हाम्रो नेपाली पार्टीले ५३ हजार ३६५ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार ९१० र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३५० मत प्राप्त गरेका छन्।

    प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ। कूल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - ११:५०:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology