शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

नागरिक पाटी

१८, मंसिर २०७९
  • 4.4K
    SHARES
  • समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार मतगणना

    प्रतिनिधि सभाको समानुपातिकतर्फ एक करोड चार लाख २० हजार मत गणना भएको छ । अहिलेसम्मको परिणाम अनुसार नेकपा एमालेले २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार, माओवादी केन्द्रले ११ लाख ६२ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३४ हजार मत प्राप्त गरेका छन् । अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी गरी सात वटा दलले थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका निर्वाचन आयोगले जनाएको छ ।

    images
    images

    नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । उसले थ्रेस होल्ड कटाउनेबारे अझै टुङ्गो लागेको छैन । दोलखा र बाजुरामा मतगणना चलिरहेको छ । प्रतिनिधि सभातर्फ राष्ट्रिय पार्टी बन्नको लागि कुल सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्ने बाद्यता छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - १०:३६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology