शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

नागरिक पाटी

१९, मंसिर २०७९
  • 4.1K
    SHARES
  • प्रतिनिधि सभातर्फ सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक

    प्रतिनिधि सभातर्फको सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १ सय ६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

    images
    images

    दोलखामा प्रतिनिधि सभातर्फ गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की विजयी हुनुभएको छ । उहाँँले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराउनुभयो ।

    कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८१ मत प्राप्त गर्नु भएको छ ।

    यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७र७ ठाउँमा जितेका छन् ।

    यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एकरएक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - ०९:४४:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology