शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समानुपातिकमा निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी

समानुपातिकमा निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी

नागरिक पाटी

२६, मंसिर २०७९
  • 3.0K
    SHARES
  • समानुपातिकमा निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी

    निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेको सूची आजै सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो।

    images
    images

    समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय सोमबार साँझ ४ बजेसम्मको छ। त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो।

    नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। सोमबार सार्वजनिक गर्ने तयारी रहेको र नभ्याइएमा भने मंगलबार निर्वाचित भएको घोषणा गरिने बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - ०७:३०:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology