शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्ववियु चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय

स्ववियु चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय

नागरिक पाटी

२३, पौष २०७९
  • 4.7K
    SHARES
  • स्ववियु चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय

    आगामी आँदो चैत ५ गते स्ववियु चुनाव गर्ने निर्णय भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउँदो चैत ५ गते गर्ने निर्णय गरेको छ । हिजो बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्रा।डा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ ।

    images
    images

    समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु चुनाव गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले मिति तय गरेको हो । त्रिविले स्ववियु चुनावका बारेमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डिन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो ।

    त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु चुनाव हुन सकेको छैन । हरेक दुईरदुई वर्षमा हुने चुनाव २०६५ सालयता नियमित हुन नसकेको हो । २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।

    त्यतिबेला देशैभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु चुनाव भएको थियो । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु चुनावका लागि २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २३, २०७९ शनिवार - ०७:५७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology