शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिकाद्धारा उत्कृष्ट विद्यार्थी,शिक्षक तथा विद्यालयलाई सम्मान

धुनिबेशी नगरपालिकाद्धारा उत्कृष्ट विद्यार्थी,शिक्षक तथा विद्यालयलाई सम्मान

शिवराज आचार्य

१२, फाल्गुण २०७९
  • 5.3K
    SHARES
  • धुनिबेशी नगरपालिकाद्धारा उत्कृष्ट विद्यार्थी,शिक्षक तथा विद्यालयलाई सम्मान

    धादिङ । धुनिबेशी नगरपालिकाले नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा २०७८ सालको एसईइ परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी, शिक्षक, विद्यालय तथा अवकाश प्राप्त शिक्षक कर्मचारीलाई सम्मान गरेको छ ।

    images
    images

    आज शुक्रबार एक कार्यक्रमका विचमा नगरपालिकाले एसईई परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी, शिक्षक, विद्यालय तथा अवकाश प्राप्त शिक्षक कर्मचारीलाई सम्मान गरेको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनालले बताए । कार्यक्रममा अवकाश प्राप्त शिक्षक तथा कर्मचारी ५ जनालाई सम्मान गरिएको छ शिक्षक तर्फवाट एसईई मा उत्कृष्ट नतीजा ल्याउन सफल विषयगत शिक्षक ११ जनालाई सम्मान गरिएको छ ।

    त्यसै गरी एसईई मा उत्कृष्ट नतीजाल्याउने ७ जना विद्यार्थीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसरी प्रदान गरिएको सम्मानमा करुवा, दोसल्ला प्रसंसा तथा सम्मान पत्रले रहेको नगरपालिकाले बताएको छ ।

    कार्यक्रममा माध्यमिक तह अन्तर्गत एसईई परिक्षा २०७८ मा उत्कृष्ट नतिजा ल्याएर प्रथम भएको महादेबस्थान माध्यमिक विद्यालयलाई रु. एक लाख १ सय ११ नगद र प्रसंसा पत्रले सम्मान गरेको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख खनालले बताए ।

    धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षता,उपमेयर सुरज उप्रेती आथित्यता,प्रमुख प्रशासकीय अधिकृत अचुतराज रेग्मी, विभिन्न वडाका वडा अध्यक्षहरु, नगर शिक्षा समितीसदस्यहरु,सामाजिक विकास समितीका सदस्यहरु, विद्यालय व्यावस्थापन समिती अध्यक्षहरु, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रमका केही तस्बिरहरुः

    332323397_550447016884101_6104086064996715286_n.jpg

    332268923_2394831724009651_1572765721404047890_n.jpg

    332258284_904161534068627_2415458880725067687_n.jpg

    332260619_1520350118457106_4031715760876644457_n.jpg

    dinesh.jpg

    332264025_963893568327684_4756237176321256177_n.jpg

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - १६:२०:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology