शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सोसियल मिडिया फिल्म अवार्डसको दोश्रो संस्करण सम्पन्न

सोसियल मिडिया फिल्म अवार्डसको दोश्रो संस्करण सम्पन्न

नागरिक पाटी

१, चैत्र २०७९
  • 6.4K
    SHARES
  • सोसियल मिडिया फिल्म अवार्डसको दोश्रो  संस्करण सम्पन्न

    काठमान्डौ । नेपालकी प्रथम नायिका भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’ बाट सम्मानित हुनुभएको छ । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा उहाँलाईशो सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, बरिष्ठ चलचित्रकर्मी यादव खरेल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङ लगायतले उहाँलाई खादा, फूलमाला र सम्मान पत्रले सम्मानित गर्नुभएको थियो ।

    images
    images

    IMG_5601.JPG

    कार्यक्रममा चलचित्रका कला निर्देशक निर्जल श्रेष्ठ ‘सोसल मिडिया कला सम्मान २०७९’ प्राप्त गर्दा पत्रकार पारमणी पौडेल ‘युवा पत्रकारिता पुरस्कार २०७९’बाट समानित हुनुभयो । पत्रकारलाई पौडेललाई नगद १५ हजार ५५५ बाट सम्मानित गरिएको थियो । ड्रिमवल्र्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेडले आयोजना गरेको अवार्डमा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्‍यो । वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट कृयटिभ सट फिल्म अफ द इयर’ को अवार्ड पाएको हो । लघुचलचित्रमा माओवादीकालको द्वन्द्वमा आधारित कथावस्तु समेटिएको छ ।

    IMG_1072.JPG

     
    समारोहमा उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएका छन् । समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले जानकारी दिनुभयो । उहाँले पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघुचलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायक रहेको अवार्डमा आदिवासी जनजाति चलचित्रमा भने निणार्यक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा रहनुभएको थियो ।
     
    IMG_5546.JPG
     
    IMG_5578.jpgIMG_1092.JPGIMG_5625 - Copy.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - १८:३९:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology