शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सगरमाथा आरोहण सुरु

सगरमाथा आरोहण सुरु

नागरिक पाटी

३१, बैशाख २०८०
  • 3.5K
    SHARES
  • सगरमाथा आरोहण सुरु

    काठमाण्डौँ । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार (आइसफल डाक्टर) ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् ।

    images
    images

    नेपाल पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसनबाट बाटो बनाउने काममा खटिएका शेर्पाको टोलीले शनिबार सगरमाथा शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न गरेर सगरमाथा आरोहणको सुरुवात गरेको जानकारी दिए ।

    उनले भने, “नौ जना शेर्पा आरोहीको टोली शुक्रबार राति सगरमाथाको चौथो शिविरमाथिको बाटो खुलाउने काममा खटिएको थियो । सो टोलीले आरोहण खुला गरेसँगै आरोहणको पर्खाइमा रहेका सयौँ आरोही चौथो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।”

    उनले आरोही शेर्पाहरूलाई चुचुरोसम्मको बाटो निर्माणमा आधार शिविरबाट इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाले संयोजन गर्नुभएको जानकारी दिए । रोलवालिङ दोलखाका दावा ग्याल्जे शेर्पाको नेतृत्वमा खटिएको शेर्पा आरोहीको टोलीमा थामे सोलुखुम्बुका ङिमा निरु शेर्पा, लाक्पा शेर्पा, फुर गेल्जेन शेर्पा, लाक्पातेन्जिङ शेर्पा, दावाजाङ्बु शेर्पा, सङ्खुवासभाका दिपेन गुरुङ, फोर्चे सोलुखुम्बका पासाङ ङिमा शेर्पा र गोरखाका सुमन गुरुङ छन् ।

    इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले बाटो खुलेसँगै आइतबार बिहान ७ देखि १० बजेको बिचमा पहिलो आरोहण टोली सगरमाथामा पुग्ने विश्वास व्यक्त गरे । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोहीहरू चुचुरोतर्फ लागेको बताउँदै उनले वैशाख ३१ देखि जेठ ६ गतेसम्म आरोहणका लागि उपयुक्त मौसम रहेकाले धेरै आरोही चुचुरोमा पुग्नसक्ने बताए ।

    सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०८० आइतवार - ०८:२३:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology