शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाद्धारा धार्के बजारको अनुगमन,व्यवसायीलाई दर्ता र नविकरण गर्न निर्देशन

धुनिवेशी नगरपालिकाद्धारा धार्के बजारको अनुगमन,व्यवसायीलाई दर्ता र नविकरण गर्न निर्देशन

शिवराज आचार्य

१, आषाढ २०८०
  • 16.9K
    SHARES
  • धुनिवेशी नगरपालिकाद्धारा धार्के बजारको अनुगमन,व्यवसायीलाई दर्ता र नविकरण गर्न निर्देशन

    धार्के,धादिङ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेकोमा पसलहरुको अनुगम गरिएको छ ।

    images
    images

    धुनिवेशी नगरपालिका र वडा नम्बर ६ को आयोजनामा बजार अनुगम गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताए ।
    अनुगम टोलिले धार्केमा रहेका ३७ वटा पसलको अनुगमन गर्दा ३१ वटा पसल नगरपालिका र वडामा दर्ता भएको पाइएमको छ भने ६ वटा पसल दर्ता नै नगरि लामो समय देखि सञ्चालन गर्दै आएको पाइएको वडा अध्यक्ष आचार्यको भनाई छ ।

    347254093_1993060411055701_8904802960560392685_n.jpg

    यस आर्थिक वर्षमा ५ वटा मात्रै पसल नविकरण भएको र २१ वटा पसल विगत लामो समय देखि नविकरण नगरी सञ्चालन हुँदै आएको पाईएका ले व्यवसायीहरुलाई छिटो भन्दा छिटो व्यवसाय नविकरण गर्न निर्देशन गरिएको अनुगम समितिले बताएको छ ।

    व्यावसाय दर्ता गरि समयमा नविकरण नगर्ने व्यवसायीहरुलाई १५ दिन भित्र नविकरण गर्न निर्देशन दिएको समितिले बताएको छ भने दर्ता विना सञ्चालन हुँदै आएका पसल व्यवसायलाई ७ दिन भित्र दर्ता गरि सञ्चालन गर्न निर्देशन दिएको छ ।

    त्यसै गरी अनुगमन कै क्रममा मापदण्ड विना सञ्चालन हुँदै आएका होटल व्यवसायीलाई मापण्ड पुरा गरेर सञ्चालन गर्न निर्देशन गरिएको धुनिवेशी नगरपालिकाले बताएको छ । यस किसिमको अनुगमनलाई तिब्रता दिन अनुगमन समितिले बताएको छ । अनुगमनमा वडा अध्यक्ष,वडा सदस्यहरु,कर्मचारी,नगर प्रहरी, पत्रकार र उद्योग व्यवसायीहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १, २०८० शुक्रवार - १७:४१:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology