शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘काँडेतार’ २५ फागुनबाट प्रदर्शनमा आउने

‘काँडेतार’ २५ फागुनबाट प्रदर्शनमा आउने

नागरिक पाटी

३, आषाढ २०८०
  • 5.2K
    SHARES
  • ‘काँडेतार’ २५ फागुनबाट प्रदर्शनमा आउने

    काठमाडौँ । फिल्म ‘काँडेतार’ २५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक नवल खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएका हुन् । नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने बिषय समेटिएको फिल्मको सार्वजनिक पोस्टरमा उनी खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत भएका छन् । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको देख्न सकिन्छ ।

    images
    images

    केही अगाडि सेन्सरको लफडामा पनि परेको फिल्म सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोकिदिएपछि केही दृश्यमा काटछाट गर्दै सेन्सर पास भएको थियो । फिल्मलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहलका लागि सरकारसँग आग्रह गरेका छन् ।

    फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ । नवलसँगै माकिको राई र अञ्जु केसी फिल्मको निर्माता हुन् भने कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्ममा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य समेत फिल्ममा राखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - १५:२२:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology