शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विद्यार्थीलाई यौन सम्बन्धका लागि बाध्य बनाउने शिक्षिका पक्राउ

विद्यार्थीलाई यौन सम्बन्धका लागि बाध्य बनाउने शिक्षिका पक्राउ

नागरिक पाटी

२८, आषाढ २०८०
  • 4.8K
    SHARES
  • विद्यार्थीलाई यौन सम्बन्धका लागि बाध्य बनाउने शिक्षिका पक्राउ

    न्युयोर्क । अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कुलकी एक विज्ञान शिक्षकको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ ।

    images
    images

    यी शिक्षकमाथि लगाइएको आरोप सत्य साबित भएको छ । अमेरिकाको यो प्रान्तको कानुन अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षक प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गैर कानुनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।

    डेली स्टारको रिपोर्टका अनुसार २६ बर्सिया केली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन् । विद्यार्थी अभिभावकसँगै बस्थे ।

    यस घटना सार्वजनिक भएपछि पीडित बालकको परिवारमा आक्रोश र आश्चर्य छ किनकि धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए । यसबीचमा केलीले राति राती गोप्य रूपमा बालकको घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन् । कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभई गाडी र बगैँचामा पनि यौन सम्पर्क राखेकी थिइन् ।

    त्यसमाथि अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेको कुरा अदालती प्रकियाको क्रममा खुलेको थियो ।

    प्रचलित कानुनअनुसार अब यी शिक्षकलाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन् । न्युज कारखाना

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - ०९:०५:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology