शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेडियो लाङटाङ र नुवाकोट एफएमले मनाए भानु जयन्ती

रेडियो लाङटाङ र नुवाकोट एफएमले मनाए भानु जयन्ती

नागरिक पाटी

३०, आषाढ २०८०
  • 5.6K
    SHARES
  • रेडियो लाङटाङ र नुवाकोट एफएमले मनाए भानु जयन्ती

    रसुवा । आदीकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती रसुवा र नुवाकोट लगायत देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । भानु जयन्तीका अवसरमा रसुवाको स्याउवारीमा पनि विभिन्न श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेर भानु जयन्ती मनाएका हुन् ।

    images
    images

    कालिका गाउँपालिका वडा नम्वर २ स्थित रेडियो लाङटाङको आयोजनामा सर्जक प्रेम प्रसाद पौडेलको अगुवाईमा भएको कार्यक्रममा उपस्थित विभिन्न श्रष्टाहरुले भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्नुका सार्थ कविता, गीत र गजल वाचन गरेका थिए । भानुभक्त आचार्य जस्ता देशका अन्य विभुतिहरुले औँल्याएको पथमा सबैले हिँड्नुपर्ने कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई थियो ।

    कालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष सिता पौडेल अधिकारीको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा जिल्ला समुन्वय समितिका रसुवाका पुर्व सदस्य चित्रकुमारी न्योपाने, साहित्यकारहरु झंकनाथ न्यौपाने, हेमनाथ खतिवडा, शिशिरकुमार न्यौपाने, निमा रेन्जन तामाङ ,दुर्गा देवकोटा ,कुमार देवकोटा मोधनाथ धिताल, तारा कार्की, दर्गा देबि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    nuwakot.jpg

    यस्तै नुवाकोट बिदुर नगरपालिका वडा नम्वर २ मा रहेको नुवाकोट एफएमले पनि २१० औं भानु जयन्ती मनाएको छ । सँस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, धर्म, साहित्य र राष्ट्रियतामा योगदान पुर्याएको भन्दै उहांको २१० औं जन्म जयन्ती आज मनाइएको हो । कार्यक्रममा बिदुर नगरपालिका वडा नम्वर २ को शिवालय टोल स्थित रेडियोको स्टुडियोमा भएको कार्यक्रममा कार्यक्रममा सहभागी सर्जक बिदुर नगर पालिका वडा नम्वर ४ का वडा सदस्य छविलाल ओझा, शिक्षिका जानुका दाहाल, प्रमिला परि, रामचन्द्र तिमिल्सना लगायतले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०८० शनिवार - ०८:४४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology