शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"हिँड्दा हिँड्दै" को ट्रेलर सार्वजनिक (भिडिओ)

"हिँड्दा हिँड्दै" को ट्रेलर सार्वजनिक (भिडिओ)

नागरिक पाटी

१७, श्रावण २०८०
  • 4.4K
    SHARES
  • "हिँड्दा हिँड्दै" को ट्रेलर सार्वजनिक (भिडिओ)

    मिलन आलेमगरले निर्देशन गरेको फिल्म "हिँड्दा हिँड्दै" को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार डिएआर मुभिज युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र रेखा शाहबीच प्रेम र बिछोडको कथा झल्किएको छ।

    images
    images

    सुशिल पंगेनीको लेखन तथा निर्माण रहेको फिल्ममा आकाश श्रेष्ठ, रेखा शाह, सलोन बस्नेत, सानिया खान, बिमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, ममता पौडेल, बालकलाकार अर्विन थिङलगायत कलाकारको अभिनय छ। यो रेखा शाहको डेब्यू फिल्म हो।

    नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राज लामा छन्। प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको फिल्मको छायांकन सुमनकुमार तन्डुकारले गरेका हुन्।

    फिल्ममा ताराप्रकाश लिम्बु र किरणमाइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ। यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ। यो फिल्म भदौ १ गतेदेखि प्रदर्शन हुँदैछ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०८० बुधवार - १३:२३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology