शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज नागढुंगा–नौबिसे रेस्क्यु टनेलको 'ब्रेक थ्रू' हुँदै

आज नागढुंगा–नौबिसे रेस्क्यु टनेलको 'ब्रेक थ्रू' हुँदै

नागरिक पाटी

२२, श्रावण २०८०
  • 16.9K
    SHARES
  • आज नागढुंगा–नौबिसे रेस्क्यु टनेलको 'ब्रेक थ्रू' हुँदै

    बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिन लागिएको हो ।

    images
    images

    अब 'ब्रेक थु' गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रू’ गरिने छ ।

    सो 'ब्रेक थु' हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन् । उनको उपस्थितिमा साे 'ब्रेक थ्रू' गरिने छ ।

    यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज 'ब्रेक थ्रू' गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ०७:४६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology