शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इजरायलमा ज्यान गुमाएका सबै नेपालीको शवको पहिचान

इजरायलमा ज्यान गुमाएका सबै नेपालीको शवको पहिचान

नागरिक पाटी

१४, कार्तिक २०८०
  • 3.8K
    SHARES
  • इजरायलमा ज्यान गुमाएका सबै नेपालीको शवको पहिचान

    प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाएका थप दुई जना नेपालीको शव पहिचान भएको छ ।

    images
    images

    तेलअभिभमा रहेको नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेर थप २ जना विद्यार्थीको शवको पहिचान भएको जनाएको हो । योसहित ज्यान गुमाउने दश जनाकै पहिचान खुलेको छ ।

    राजदूतावासका अनुसार हिजो सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो ।

    राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । यसअघि पहिचान भएका डोटीका राजन फुलरा, पदम थापा र सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।

    यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । त्यस्तै, सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०८:२०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology