शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनबाट

धादिङको थाक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनबाट

शिवराज आचार्य

१, मंसिर २०८०
  • 22.2K
    SHARES
  • धादिङको थाक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनबाट

    महादेवबेशी, धादिङ। धादिङको थाक्रे गाउँपालिकाको कार्यालय अब आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ ।

    images
    images

    स्थानीय तहको घोषणा भएदेखि महादेवबेशी बजारमा भाडाको घरबाट सञ्चालन हुंदै आईरहेको गाउँपालिकाको कार्यालय २०८० मंसिर ३ गते देखि औपचारिक रुपमा आफ्नै भवनबाट सञ्चालन हुन लागेको हो । महादेबबेसी वजारबाट ३०० मिटर दक्षिण तर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह हुने भएपछि थाक्रे गाउँपालिकाका वासिन्दाले खुसी व्यक्त गरेका छन् ।

    यस अघि आफ्नै भवन नहुंदा व्यक्तिको घर भाडामा लिएर विभिन्न सेवाहरु अलग अगल ठाउँबाट प्रवाह हुने गरेकोमा अव भने एउटै भवनमा प्रवेश गरेपछि गाउँपालिकाबाट पाउने सेवा सुविधा दिन सजिलो हुने पालिका अध्यक्ष राम कुमार आचार्यले बताए ।

    साविकको थाक्रे, केवलपुर, तसर्पु , भुमेस्थानका सबै भूभाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ वडालाई समेटेर थाक्रे गाउँपालिका वनेको हो । यस गाउँपालिकामा ११ वटा वडा रहेका छन ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - १८:४०:०७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology