शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सांसद राजेन्द्र पाण्डेद्धारा धादिङको चरैदी खोलामा निर्माणाधिन मोटरेबल पुलको अनुगमन

सांसद राजेन्द्र पाण्डेद्धारा धादिङको चरैदी खोलामा निर्माणाधिन मोटरेबल पुलको अनुगमन

शिवराज आचार्य

३०, मंसिर २०८०
  • 8.4K
    SHARES
  • सांसद राजेन्द्र पाण्डेद्धारा धादिङको चरैदी खोलामा निर्माणाधिन मोटरेबल पुलको अनुगमन

    चरैदी,धादिङ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधी सभा धादिङ क्षेत्र न.१ का सांसद राजेन्द्र प्रसाद पाण्डेले धादिङमा निर्माणाधिन चरैदी खोलाको मोटरेबल पुल र स्यादुल जाने सडकको स्थलगत निरिक्षण गरेका छन् ।

    images
    images

    IMG_0928.JPG

    शुक्रबार धादिङ आएका पाण्डेले निर्माणाधिन बेनिघाट रोराङ गाँउपालिका वडा नं. ६ र ७ को सिमानामा निर्माणघिन चरैदीखोला पुलको स्थलगत निरिक्षण गरेका हुन् ।

    IMG_0917.JPG

    निरिक्षणका क्रममा पाण्डेले पक्कि पुल र चरैदी बजारबाट स्यादुल जाने सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधी निर्देशन समेत दिएका छन् ।निरिक्षणका क्रममा सांसद पाण्डेसंगै जनप्रतिनिधी र स्थानियहरु समेत उपस्थित भएका थिए ।

    IMG_0936.JPG

    चरैदी स्यादुल सडक अन्तर्गत चरैदी खोलामा पुल निर्माणको लागि भद्रकाली निर्माण सेवाले जिम्मा पाएको छ । उक्त कम्पनीले करिव ३ करोड रुपैँयामा निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको कम्पनीका प्रबन्ध निर्देशक राम प्रसाद शार्मा कंडेलले बताए । आगामी वर्ष २०८० साल चत्रै मसान्त भित्र पुल निर्माण सक्नुपर्ने छ । ३० मिटरको उक्त पुलमा फुटपाथ लगायतका सँरचना पनि निर्माण हुनेछन् ।

    IMG_0936.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०८:३५:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology