शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हातेमालो साहित्य संगमको रचना वाचन, प्रज्ञाप्रतिष्ठानमा ४० जनाको रचना गुञ्जियो

हातेमालो साहित्य संगमको रचना वाचन, प्रज्ञाप्रतिष्ठानमा ४० जनाको रचना गुञ्जियो

नवराज न्याैपाने 'माैन'

३०, मंसिर २०८०
  • 5.9K
    SHARES
  • हातेमालो साहित्य संगमको रचना वाचन, प्रज्ञाप्रतिष्ठानमा ४० जनाको रचना गुञ्जियो

    हातेमालो साहित्य संगमको विशेष वृहत् रचना वाचन कार्यक्रम शनिबार, प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा भव्यताको साथ सम्पन्न भएको छ । लगभग ३ घन्टा चलेको उक्त कार्यक्रममा लगभग ७० जना दर्शक स्रोताहरूमध्ये करिब ४० जनाले आआफ्नो रचनाहरू वाचन गर्नुभएको छ ।

    images
    images

    उक्त वाचन विशेष कार्यक्रममा फोटोमा मुक्तक प्रतियोगिताको हालै सम्पन्न भएको १५०औं स्वर्ण विशेषाङ्कमा विजयी हुनुहुने सर्वोत्कृष्ट ५ जना दुर्गाकिरण तिवारी, ऋद्धिमा रिजाल, डिलु बीएम दिल, आर.पी.सी. संगम र सुशिल अर्याललाई जनही नगद रु ५००० र प्रमाणपत्र तथा उत्कृष्ट हुनुहुने ३ जना माया उपाध्याय, रविन्द्र अनुराग र अरुणा श्रेष्ठ अनु लाई नगद रु ३००० र प्रमाणपत्र फोटोमा मुक्तक प्रतियोगिताका परिकल्पनाकार, हातेमालो साहित्य संगमका अध्यक्ष तथा सभापति सुनिल अधिकारी तथा निर्णायक सौरभ कारन्जितले प्रदान गर्नुभएको छ ।

    त्यस्तै, उक्त प्रतियोगिताका निर्णायकद्वय सौरभ कारन्जित र बिमल झा तथा प्रायोजकहरू सौरभ कारन्जित, प्रचण्ड गौतम, निलाञ्जला भारद्वाज, छिमेकी दाइ तथा ॠषिराम भुसाललाई पनि प्रमुख अतिथि, सभापति लगायतबाट प्रमाणपत्र प्रदान गरिएको छ ।

    प्रसिद्ध गीतरगजलकार करुण थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष सौरभ कारन्जित तथा प्राज्ञ नन्दु उप्रेती रहनुभएको थियो । अन्य अतिथिहरूमा घुम्तीमा मुक्तक संस्थाको अध्यक्ष निर्मल पराजुली, हामी र हाम्रो कृति समुहको अध्यक्ष मदन नेपाल, लक्ष्मीदेवी साहित्यका अध्यक्ष रत्न प्रदीपको उपस्थिति थियो ।

    हातेमालो साहित्य संगमको उपाध्यक्ष विपिन मर्म तथा कोषाध्यक्ष पुष्पा धमला स्वप्निलको उद्घोषण रहेको उक्त कार्यक्रमको व्यवस्थापनमा संस्थाको महासचिव बिमला दाहाल, सदस्यहरू जिज्ञासु पौडेल तिलक, दुर्लभ शाह त्यागी , सरिता थापा मगर तथा प्रचण्ड गौतमले गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - २२:१६:०२ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology