शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुर्यज्योती लाइफ धादिङ शाखाद्वारा १३ लाख मृत्यु दाबी भुक्तानी हस्तान्तरण

सुर्यज्योती लाइफ धादिङ शाखाद्वारा १३ लाख मृत्यु दाबी भुक्तानी हस्तान्तरण

नागरिक पाटी

३, पौष २०८०
  • 12.2K
    SHARES
  • सुर्यज्योती लाइफ धादिङ शाखाद्वारा १३ लाख मृत्यु दाबी भुक्तानी हस्तान्तरण

    धादिङ । सुर्यज्योती लाइफ धादिङ शाखाद्वारा १३ लाख मृत्यु दाबि भुक्तानी हस्तान्तरण गरिएको छ । बेनिघाट रोराङ ९ निवासी राजेश गिरिको वैदेशिक रोजगारमा जाँदा वैदेशिक रोजगार बिमा गरेको र दशैँ तिहार मान्न छुट्टीमा घर आएको बेला मोटरसाइकल दुर्घटना परी मृत्यु भएकोले परिवारलाई मृत्यु दाबि भुक्तानी हस्तान्तरण गरिएको त्रिशुली रिजनका क्षेत्रीय प्रबन्ध जयराम ढुंगानाले बताउनुभयो ।

    images
    images

    ढुंगानाका अनुसार वैदेशिक बिमा योजना मार्फत मृतक गिरिको धर्मपत्नी मन कुमारी रिमाल गिरी लाई कम्पनीले १३ लाख बराबरको चेक एक कार्यक्रम गरी बेनिघाट रोराङ ९ नम्बर वडा सचिव उमा रेग्मीको हातबाट हस्तान्तरण गरिएको छ ।

    second.jpg

    मृत्यु दाबि भुक्तानी हस्तान्तरण कार्यक्रममा वोल्नु हुदै त्रिशुली रिजनका क्षेत्रीय प्रबन्ध ढुंगानाले सुर्यज्योती लाइफ बिमित हो सेवामा कुनै कसुर नराखी काम गर्दै आइरहेको र निकट भबिस्यमा नेपालकै नम्बर एक कम्पनी बन्ने धारणा व्यक्त गर्नुभयो ।

    third.jpg

    उक्त विमा कम्पनिले नेपालको पहिलो र सर्बधिक सुबिधा सहित घातक रोगको लागि उपचार खर्च प्रदान गर्दै आएको र हाल नेपालमै सस्तो ४० हजारमा २५ लाखको बिमा गर्न सकिने बिमा योजना सार्वजनिक गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - २१:५९:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology