शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जावलाखेलमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’

जावलाखेलमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’

नागरिक पाटी

१५, पौष २०८०
  • 3.6K
    SHARES
  • जावलाखेलमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’

    काठमाण्डाै . ललितपुरको जावलाखेल मैदानमा एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ चलिरहेको छ । च्याउ उत्पादक किसान सङ्घ नेपालले च्याउ प्रवर्द्धनकाे कार्यक्रम आयोजना गरेको हो ।

    images
    images

    pics2_KHKhNprKIw.jpg

    ‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका आयोजकले जनाएको छ ।

    मेलामा कन्ये, गोभ्रे, किङ वयस्टर, सिताके लगायत च्याउका विभिन्न जात तथा परिकार प्रदर्शनीमा राखिएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो । कार्कीका अनुसार स्टलहरूमा विभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी भइरहेको छ ।

    आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०८० आइतवार - २०:४९:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology