शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नृत्य निर्देशक सोनु लामाले जितिन् सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड

नृत्य निर्देशक सोनु लामाले जितिन् सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड

नागरिक पाटी

२६, पौष २०८०
  • 4.4K
    SHARES
  • नृत्य निर्देशक सोनु लामाले जितिन् सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड

    नेपालमा पहिलो पटक रङ्गमञ्च मा नृत्य सिकाउने नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड २०८०’ को आयोजना भएको छ । नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images

    उक्त कार्यक्रममा २४ लोक नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो । त्यस मध्य थकालि जातीको थकाली लोक नृत्य निर्देशक मा सोनु लामा उत्कृष्ट भएकी छिन् । लामा बिगत लामो समय देखि यसै नृत्य क्षेत्रमा आफ्नो योगदान पुराई नेपाली लोक कला संस्कृति लाई देश तथा बिदेश मा पनि प्रस्तुत गर्दै आएकी छिन् ।

    प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए ।

    नृत्य सम्राट थापाले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै राज्यले गर्नुपर्ने काम एनडिएले गरेकोमा हार्दिकताका साथ धन्यवाद दिदै नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका थिए ।

    संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर आयोजना गरिएको यो अवार्ड विश्वमा नै पहिलो हुन सक्ने दाबी गरे। कार्यक्रममा चलचित्र बरिस्ठ नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक डा। आरसी कोइराला ‘रामचन्द्र’ वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही,नृत्य निर्देशक सघ नेपाल ललितपुर का अद्क्ष्य प्रदिप रमण सिङ दङ्गोल लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - १७:५६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology