धादिङ । धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज देखि धादिङको बेनीघाट रोराङमा सुरुहुने राष्ट्रिय दोहोरीगीत खेल प्रतियोगिता उद्घाटन गर्न धादिङ आउने भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ चरौँदीमा आज देखि हुन लागेको इन्दे्रणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा सम्बोधन गर्ने उहाँ धादिङ आउन लाग्नु भएको हो । उहाँ आज १२ः३० बजे कार्यक्रम स्थलमा आउने कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
४८ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्धितिय पुरस्कार २ लाख, तृतिय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको छ । त्यसैगरी प्रतियोगी कलाकार मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नव गायिकालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ८ गतेसम्म प्रतियोगिता हुँदै छ ।