बैरेनी,धादिङ । धादिङ गल्छी बैरेनीका युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द,संगीत तथा स्वरमा रहेको गीत “मेरो नजिक” उत्कृष्ट म्युजिक भिडियो सहित बजारमा आएको छ ।
उक्त गीतको म्युजिक भिडियोमा संगीतकार तथा गीतकार स्वयं रामकुमार रिमाल र शिया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ ।
एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको छ । उक्त म्युजिक भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको म्युजिक भिडियोका निर्देशक जनक सिंह, छायांकन दिपक गिरी अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।