शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजशाहीमा नेपाली पत्रकार र बंगलादेशको आरटीजेए विच अन्तरक्रिया

राजशाहीमा नेपाली पत्रकार र बंगलादेशको आरटीजेए विच अन्तरक्रिया

नागरिक पाटी

२५, चैत्र २०८०
  • 4.0K
    SHARES
  • राजशाहीमा नेपाली पत्रकार र बंगलादेशको आरटीजेए विच अन्तरक्रिया

    बंगलादेश । राजशाही टेलिभिजन पत्रकार संघ आरटीजेएको कार्यकारिणी समितिले नेपालका पत्रकार समूहसँग सिकाई तथा अनुभव आदानप्रदान गरेको छ । कुमारपारास्थित एक होटलमा बैठक आयोजना गर्दै दुई देशको पत्रकारिताको विकास, राजनीतिक तथा आर्थिक अवस्था, सहरी विकास तथा सामाजिक–आर्थिक अवस्था, पर्यटन विकास र पत्रकारका विभिन्न अनुभवका बारेमा छलफल भएको हो । दुई देशका पत्रकारहरुले आ–आफ्नो देशको विकासमा मिडियाको भूमिका निर्वाह गर्ने विभिन्न पक्षका बारेमा छलफल गरेका छन् ।

    images
    images

    सो अवसरमा दुई देशका पत्रकारहरुले आ–आफ्नो अनुभव आदानप्रदान गरी पेशागत विकासका लागि विभिन्न कदम चाल्ने प्रस्ताव राखेका छन् । नेपाली पत्रकारहरुले राजशाही टेलिभिजन पत्रकार संघका कार्यकारी सदस्यहरुसंग नेपाली नागरिकहरुको तर्फबाट स्मृति चिन्ह आदानप्रदान पनि गरेका छन् ।

    नेपालका तर्फबाट रेडियो राजमार्गका स्टेशन म्यानेजर, नेपाल पत्रकार महासंघ धादिङका सचिव तथा नागरिकपाटी डटकमका प्रमुख आशिष ठकुरी, नेपाल बंगलादेश युथ कन्क्लेभका अध्यक्ष अविनभ चौधरी र अनलाइन केन्द्र डटकमका प्रमुख राज ढुंगानाको सहभागिता रहेको थियो ।

    rtja.jpg

    नेपाली पत्रकार टोलीले बंगलादेशको सुन्दर शहर राजशाहीमा पत्रकारहरुसंग महत्वपुर्ण छलफल गर्न पाउँदा खुसी व्यक्त गर्दै मिडियामा देखिएको समस्या र समाधानका सन्दर्भमा आफ्नो धारणा व्यक्त छन् ।

    पत्रकार ढँगानाले पछिल्लो समय सञ्चारमाध्यम हरेक संकटमा पहिलो प्रहारमा पर्ने बताउदै त्यसको लागि तयार रहन सबै देशका पत्रकार एकजुट हुन आवश्यक रहेको बताए । यता पत्रकार ठकुरीले सामुदायिक रेडियोहरुले नेपालमा महत्वपुर्ण काम गरेको बताउदै बंगलादेशको सामुदायिक रेडियोको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

    बंगलादेशको तर्फबाट राजशाही टेलिभिजन पत्रकार संघका उपाध्यक्ष अमिर फैसल, महासचिव गुलाम रब्बानी, उपमहासचिव रैहानुल इस्लाम, कार्यकारी सदस्य मोस्ताफिजुर रहमान सोहन, शाहीन आलमलगायतको उपस्थिति रहेको थियो । यसैबीच, राजशाहीका दुई वरिष्ठ पत्रकार एनटिभीका साम साजु र बंगलादेश प्रतिदिनका काजी साहेदले राजशाही र नेपालबीचका सञ्चारमाध्यमका अनुभव आदानप्रदानका गतिविधिबारे विशेष सत्रमा मन्तव्य राखेका थिए ।

    जसको फलस्वरूप आरटीजेए र नेपालको मिडिया समुदायबीच विशेष आदानप्रदान भ्रमणको आयोजना गर्न विशेष समझदारी भएको छ । आरटीजेएको बैठकले नेपालको मिडिया टोलीको निमन्त्रणामा जतिसक्दो चाँडो नेपाल भ्रमणका लागि आरटीजेएको टोली पठाउने निर्णय गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ११:२६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology