शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साँसद राजेन्द्र पाण्डेको अगुवाईमा धादिङमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गरिदै

साँसद राजेन्द्र पाण्डेको अगुवाईमा धादिङमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गरिदै

शिवराज आचार्य

८, बैशाख २०८१
  • 12.0K
    SHARES
  • साँसद राजेन्द्र पाण्डेको अगुवाईमा धादिङमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गरिदै

    काठमाण्डौं । “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर” स्थापना गर्न धादिङ क्षेत्र नम्बर १ का सांसद तथा पुर्वमन्त्री राजेन्द्र पाण्डेले पहलकदमी लिएका छन् । धादिङको थाक्रे १ बिर्ताचौरमा हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर स्थापना गर्न आज धादिङ लगायत विभिन्न जिल्लाका व्यक्तिहरुको भेला आयोजना गरिएको थियो । तरकारी, खाद्यान्न र फलफुल जस्ता कृषिजन्य उपजहरुको उत्पादनका क्रममा रासायनिक मल र विषादीको अत्याधिक प्रयोग, खाद्य सामाग्रीहरुमा अखाद्य वस्तुहरुको मिसावट, निम्न गुणस्तरका औषधीको प्रयोगका कारण अर्वुद रोगका पिडितहरुको संख्या दिन प्रतिदिन बढ्दै गर्दा सो सेन्टरको निर्माण गर्न लागिएको पाण्डेले बताए ।

    images
    images

    क्यान्सर रोग सम्बन्धमा अध्ययन, अनुसन्धान, उपचार, पुनस्र्थापना कार्य र क्यान्सर रोकथाम सम्बन्धी अध्यापन गराउने शैक्षिक संस्था स्थापना गरि जनचेतना अभिबृद्धि गर्ने र प्राणघातक क्यान्सर रोगबाट बढि भन्दा बढि मानिसलाई बचाउने उद्देश्यले काठमाडौं जिल्लाबाट ४० कि।मि। पश्चिम पृथ्वी राजमार्गको किनारस्थित धादिङ्ग जिल्ला थाक्रे गाउँ पालिका वडा नं। १, विर्ताचौरमा “हाईवे क्यान्सर प्रिभेन्सन एण्ड रिसर्च सेन्टर” संस्था स्थापना गर्ने उदेश्यका साथ भेलामा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    भेलामा बोल्दै धादिङ २ का सांसद रामनाथ अधिकारीले पछिल्लो समय क्यान्सर रोगी बढिरहँदा राजमार्गमा बन्न लागेको क्यान्सर रिसर्च सेन्टर महत्वपुर्ण रहने बताए । उनले राजेन्द्र पाण्डेलाई समयअनुसार गतिशिल व्यक्तिको रुपमा व्याख्या गर्दै आफु पनि सामाजिक कार्यको लागि उनिबाट प्रेरित भएको बताए । अधिकारीले क्यान्सर रिसर्च सेन्टर स्थापना गर्न आफ्नो पुर्ण सहयोग रहने बताउदै त्यसको लागि आगामी आर्थिक बर्षमा संघ,प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन गर्न पहलकदमी लिने बताए ।

    भेलामा बागमती प्रदेशका सांसद मधुकुमार श्रेष्ठले क्यान्सर रिसर्च सेन्टर धादिङको मात्रै आवश्यकता नभई देशकै आवश्यकता भएकोले यसको लागि सबै मिलेर अघि बढ्नपर्ने बताए । श्रेष्ठले सबै दलका नेता एकठाँउमा अभिन सकेमात्रै विकासका काम अघि बढ्न सक्ने बताउदै क्यान्सर रिसर्च सेन्टरको स्थापनाका लागि आफुले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    भेलामा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले पछिल्लो समय दैनिक रुपमा अर्वुद रोगका बिरामीको चाप नगरपालिकामा बढ्दै गइरहेकोले यसको रोकथामका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले देशकै समस्याको रुपमा फैलदै गरेको क्यान्सर रोगको निदान र रोकथामका लागि धादिङमा रिसर्च सेन्टर स्थापना गर्न पहलकदमी लिने राजेन्द्र पाण्डेलाई धन्यवाद प्रकट समेत गरेका थिए । नगरप्रमुख आचार्यले क्यान्सर रिर्सच सेन्टर स्थापना भए धादिङले मात्रै नभई देशभरका नागरिकले सेवा पाउने र त्यसको लागि राज्यले समेत सहयोग र साथ दिनुपर्ने बताए । भेलामा भक्तपुर क्यान्सर अस्पतालका पुर्वनिर्देशक डा।विष्णुदत्त पौडेल, डा।विनोद अर्याल, ई।विष्णु पन्थी, बेनिघाट रोराङ गाँउपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, सिद्धलेक गाँउपालिका उपाध्यक्ष सविता अर्याल, थाक्रे गाँउपालिकाका विभिन्न वडाअध्यक्ष, व्यवसायी कुमार पाण्डे, शिवहरी आचार्य लगायतको उपस्थिती रहेको थियो ।

    रिसर्च सेन्टर स्थापनाको लागि संस्थाकै नाममा थाक्रे १ मा २०५८ सालमै १० रोपनी जग्गा खरिद गरिसकिएको छ । गएको बर्षमात्रै जग्गालाई सम्याउने र जग्गा संरक्षणको लागि वाल लगाउने काम सम्पन्न भैसकेको छ । रिसर्च सेन्टर निर्माण गर्नको लागि पृथ्वी राजमार्गबाट सात सय मिटर लामो सडक समेत निर्माण गरिएको छ ।

    शनिबारको भेलाले तदर्थ समिती र सल्लाहकार समिती गठन गरेको छ । तदर्थ समितीको अध्यक्षमा पाण्डे, उपाध्यक्षमा निमानुरु शेर्पा, उपाध्यक्षमा डा।विष्णुदत्त पौडेल, सचिवमा कृष्ण बहादुर थापा, सह सचिवमा निरु खरेल, कोषाध्यक्षमा रामहरी पाठक,सदस्यहरुमा राजेन्द्र प्रसाद खनाल, शिवहरी आचार्य, यादव खकुरेल, ताजमहमदमिँया, टिवी कार्की, डा। विनोद अर्याल, इन्जियिर विष्णु पन्थी, रेशम तामाङ, शान्ता हमाल ठकुरी रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०८१ शनिवार - १७:४७:४४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology