शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोट एफएमको वृहत साँस्कृतीक कार्यक्रम, दिनभर गुञ्जियो देविघाट

नुवाकोट एफएमको वृहत साँस्कृतीक कार्यक्रम, दिनभर गुञ्जियो देविघाट

नागरिक पाटी

१२, बैशाख २०८१
  • 4.5K
    SHARES
  • नुवाकोट एफएमको वृहत साँस्कृतीक कार्यक्रम, दिनभर गुञ्जियो देविघाट

    नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले वृहत साँस्कृतीक कार्यक्रम गरेको छ । नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको अवसरमा विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा विभिन्न कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम भएको हो ।

    images
    images

    कार्यक्रममा कलाकारहरु शिवनारायण जोशी, दलबहादुर डँगोल, दामोदर खतिवडा, उद्धव कार्की, जनक लामा, अर्चना स्याङ्ताङ, कोपिला वाईबा तामाङ, ईन्द्र तामाङ लगायतका कलाकारहरुले विभिन्न साँस्कृतीक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

    यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्नुभएको भन्दै दुई जनालाई सम्मान गरिएको छ । नेपाली भाषा साहित्य र पत्रकारिताका माध्यमबाट नेपाली समाजको सकारात्मक रुपान्तरणमा चार दशक भन्दा बढि समय समर्पित गर्नुभएका श्याम प्रसाद रिमाल र नुवाकोटमा व्यापार प्रर्वद्धन र रोजगार सिर्जनामा खेल्नुभएको नेतृत्वदायी भुमिकाको उच्च प्रशँसा गर्दै खिल बहादुर अधिकारीलाई सम्मान गरिएको नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारीले बताउनुभयो ।

    नेपाल शान्ति विकास एवम् विकास केन्द्रका अध्यक्ष शिव प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुको आतित्थ्यता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०८१ बुधवार - ०९:३५:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology