शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन वैशाखको २८ र २९ गते हुने

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन वैशाखको २८ र २९ गते हुने

नागरिक पाटी

२२, बैशाख २०८१
  • 3.5K
    SHARES
  • राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन वैशाखको २८ र २९ गते हुने

    राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन वैशाख २८ र २९ गते काठमाडौँमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौँमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।

    images
    images

    संघका महासचिव अमृत खातीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाटका क्रममा बताए । संघको महाधिवेशनको उद्घाटन वैशाख २८ गते काठमाडौँको प्रदर्शनमार्ग स्थित राष्ट्रिय सभागृहमा हुने भएको छ ।

    संस्कृति प्रर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले प्रमुख अतिथिको रुपमा महाधिवेशन उद्घाटन गर्ने पत्रकार भेटघाटका क्रममा महासचिव खातीले जानकारी गराए । संघको निर्वाचन भने २९ वैशाखमा काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पनि खातीले बताए ।

    संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालका अनुसार देशका ७५ वटै जिल्लामा राष्ट्रिय संगीतकर्मी संघ स्थापना भईरहेको छ । यसरी यो अधिवेशनमा करिब दुई हजार कलाकारहरु भेला हुने पनि कार्यवाहक अध्यक्ष कटवालले बताए । यो १८ औं साधारण सभाले संघको विधानमा केही कुरा परिमार्जन गर्ने पनि उनले जानकारी गराए ।

    छैठौं महाधिवशेनले संघको नयाँ कार्यसमिति चयन गर्ने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २२, २०८१ शनिवार - १९:०८:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology