शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशस्तरीय युवा सम्मेलन हेटौँडामा शुरु हुँदै

बागमती प्रदेशस्तरीय युवा सम्मेलन हेटौँडामा शुरु हुँदै

नागरिक पाटी

२८, बैशाख २०८१
  • 2.5K
    SHARES
  • बागमती प्रदेशस्तरीय युवा सम्मेलन हेटौँडामा शुरु हुँदै

    बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा शुरु हुँदै छ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिए ।

    images
    images

    बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका दुई सयभन्दा बढी सहभागिता हुने उपाध्यक्ष चौलागाईँले बताए ।

    प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनमा सहभागी युवाबीच आपसी सञ्जाल निर्माण, नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापलगायत कार्यक्रम हुनेछ ।

    विश्वविद्यालय शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको तथा उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति बढेको विषयमा पनि केन्द्रित छलफल हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - ०९:३०:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology