शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कुरिनटारमा क्रसर उद्योग निर्माण रोक्न माग

कुरिनटारमा क्रसर उद्योग निर्माण रोक्न माग

नागरिक पाटी

३०, बैशाख २०८१
  • 2.8K
    SHARES
  • कुरिनटारमा क्रसर उद्योग निर्माण रोक्न माग

    चितवनको इच्छाकामना–४ कुरिनटारमा निर्माण भइरहेको क्रसर उद्योगको निर्माण बन्द गर्न स्थानीयले माग गरेका छन्। शनिबार कुरिनटार आएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसामु बस्ती नजिकै क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न माग गरेका हुन्।

    images
    images

    स्थानीय प्रकाश सिलवालले मापदण्डविपरीत बस्तीको बीचमा क्रसर उद्योग निर्माण भइरहेकाले तत्काल रोक्न गृहमन्त्री लामिछानेसामु माग गरे। स्थानीयको असहमति हुँदा पनि निर्माण नरोकिएको सिलवालको भनाइ छ। यसअघि स्वयं गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको भनाइ छ।

    गृहमन्त्री लामिछानेले मापदण्डविपरीत भए क्रसर उद्योग सञ्चालन गर्न रोक लगाउने आश्वासन दिए। उनले मापदण्ड पूरा गरेको छ कि छैन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरेको छ कि छैन बुझेर कारबाही अघि बढाउन प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई फोनमार्फत निर्देशन दिए।

    उनले पालिकाले अनुमति दिँदा मापदण्ड पूरा गरेको छ कि छैन सबै प्रक्रिया बुझेर मापदण्डविपरीत भए निर्माण तत्काल रोक्न निर्देशन दिए। जवाफमा प्रमुख जिल्ला अधिकारी थापाले मंगलबारसम्म क्रसर उद्योग सञ्चालकलाई सबै प्रक्रियाको कागजात उपलब्ध गराउन समयसीमा दिइएको बताए। बस्तीको बीचमा क्रसर उद्योग निर्माण शुरू भएसँगै यहाँका स्थानीयले विरोध जनाउँदै आएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०८१ आइतवार - ०५:४८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology