शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

नागरिक पाटी

३, जेठ २०८१
  • 3.9K
    SHARES
  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि उहाँले पेस गर्नुभएको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत विभाजन भएकाले मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत प्राप्त गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    images
    images

    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाउनुभएको थियो । विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भण्डारीले जानकारी दिनुभयो ।

    नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

    मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाउनुभएको थियो । उहाँहरुको विरोधको बाबजुद मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेस गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १३:५२:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology