शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा सवारी दुर्घटना : १० महिनामा २६१ जनाको मृत्यु

बागमती प्रदेशमा सवारी दुर्घटना : १० महिनामा २६१ जनाको मृत्यु

नागरिक पाटी

४, जेठ २०८१
  • 3.1K
    SHARES
  • बागमती प्रदेशमा सवारी दुर्घटना : १० महिनामा २६१ जनाको मृत्यु

    बागमती प्रदेशमा विगत १० महिनामा भएका सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको छ। गएको साउनदेखि वैशाखसम्मको अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

    images
    images

    दुर्घटनामा दुई हजार पाँच सय ८६ जना घाइते भएका छन्।

    त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ।

    सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ। पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि नियम उल्लङ्घनको कारबाही गरेको हो।

    कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो। गत आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो।

    आव २०७८र७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - १०:४९:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology