शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कालीगण्डकी करिडोर रिडी–पुर्तिघाट सडक अवरुद्ध

कालीगण्डकी करिडोर रिडी–पुर्तिघाट सडक अवरुद्ध

नागरिकपाटी डेक्स

२१, आषाढ २०८१
  • 2.8K
    SHARES
  • कालीगण्डकी करिडोर रिडी–पुर्तिघाट सडक अवरुद्ध

    कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पुर्तिघाट सडक खण्ड अवरुद्ध बनेको छ । कालीगण्डकी गाउँपालिकाअन्तर्गत भुर्तुङ् र वडा नम्बर ३ को मुल्कामा गएरातिदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । गएराति सडक माथिबाट पहिरो खसेपछि यो सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेका कारण सडक सञ्चालन गर्न समस्या परेको सूचना अधिकारी पोख्रेलले बताए ।

    images
    images

    त्यसैगरी वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास–रिडी सडक भने सञ्चालनमा आएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत कालीका मोड र छत्रकोट गाउपालिकाअन्तर्गत श्रृङ्गा र गुल्मीदरबार गाउँपालिकाअन्तर्गत बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - १४:३१:०४ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology