शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

नागरिक पाटी

३१, आषाढ २०८१
  • 3.4K
    SHARES
  • बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

    असार ३१, हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता साझेदार दलहरुसँग सोमबार यहाँ भएको छलफलपछि प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिनुहुनेभएको हो ।

    images
    images

    विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

    उहाँका अनुसार साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।

    सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत सोमबार बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको हो ।

    बागमती प्रदेशको १३ वटा मन्त्रालयमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री, नेकपा एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३१, २०८१ सोमवार - १५:३८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology