शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

नागरिक पाटी

६, श्रावण २०८१
  • 3.3K
    SHARES
  • बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

    बङ्गलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारेदेखि देशभर कडा कर्फ्यु लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो।

    images
    images

    सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ११५ नाघेको छ ।

    बङ्गलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौँ मानिस घाइते भएका छन् । शनिवार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेबसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।

    देशमा लागू गरिएको कर्फ्यु शनिवार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यु लगाएसँगै बङ्गलादेश सरकारले देशमा मोबाइल, इन्टरनेट सेवा बन्द गरेको छ ।

    अवस्था अस्थिर बनेपछि बङ्गलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरू स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउँदै छ । त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौँ नागरिकले बङ्गलादेश छोड्ने क्रम जारी रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १४:५२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology