आज सुनको भाउ तोलामा एक हजार पाँच सय रुपयाँले बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।